दफा १३
वातावरण संरक्षण कोषको स्थापना र सञ्चालन

(१) वातावरणको संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सम्पदाको संरक्षणको लागि वातावरण संरक्षण कोष नामको एउटा कोषको स्थापना हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन् ः–
(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट प्राप्त रकम ।
(ख) विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम ।
(ग) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) वातावरण संरक्षण कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
(४) कोषको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।